२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले २३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो ।

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘कर्णाली प्रदेशमा ठूलो दलित समूदायको जनसंख्या छ । २३ प्रतिशत भन्दा बढि जनसंख्या भएको समूदायका लागि राज्यले किटान गरेर बजेट छुट्टयाउदैन । पहुँचका आधारमा बजेटहरु विनियोजन हुने, दूरदराज र विपन्न बस्तीहरुलाई पूरै बिर्सने अवस्था छ । र, कणार्ली प्रदेशमा बजेटको माग गर्दा दर्जनौ दलितहरु प्रहरी प्रशासनका कुटाईका कारण घाइते हुनु परेको छ । उनीहरुका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्दछु ।’

सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाउनु भयो ।




भर्खरै