२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामानन्द सागरको ‘रामायण’का लागि अरुण गोविल पहिलो रोजाइ थिएनन्



अ+ अ-

एजेन्सी । प्रभासको फिल्म ‘आदिपुरुष’ यतिबेला निकै चर्चामा छ । यो फिल्मलाई लिएर निकै विवाद भएको छ । कहिले यसको संवादका लागि निर्माता ट्रोल भएका थिए भने कहिले कलाकारहरुको पहिरन र लुक्समा प्रश्न उठेका थिए । यसबारे सबै सेलिब्रेटीले प्रतिक्रिया पनि दिएका छन् ।

रामानन्द सागरको रामायण पनि आदिपुरुषकै कारण चर्चाको विषय बनेको छ । भर्खरै टेलिभिजन च्यानलमा फेरि प्रसारण हुने खबर आएको थियो । रामानन्द सागरको रामायणको सम्झना अझै पनि जनताको मनमा ताजै छ ।

यस सिरियलमा रामको भूमिका निभाएका अरुण गोविल रामजस्तो आजसम्म कोही हुन सकेका छैनन् अर्थात् उनले जतिको भूमिका कसैले निर्वाह गर्न सकेका छैनन् । तर के तपाईलाई थाहा छ रामको भूमिकाका लागि अरुण गोविल पहिलो रोजाइ थिएनन् ।

अरुण गोविलले रामको चरित्रले आफ्नो जीवनमा गहिरो प्रभाव पारेको सधैं बताउँदै आएका छन् । कुराकानीका क्रममा अरुण गोविलले रामानन्द सागरले उनको अन्तर्वार्ता लिएर अस्वीकार गरेको बताएका थिए । उनका छोराहरू प्रेमसागर, आनन्दसागर र मोतीसागरले अरुणले भरत वा लक्ष्मणको भूमिका खेल्नुपर्ने बताएका थिए । तर अरुणले रामको भूमिका निभाउन चाहन्छु भनेको र त्यसका लागि आफू उपयुक्त छैन भने ठिक छ भनेर आफू अडिग रहेको बताए ।

अरुण गोविलले पछि रामको भूमिकाका लागि निर्माताले अर्कैलाई लिएको बताए । तर पछि निर्माताले अरुण गोविललाई फोन गर्दै उनले रामको भूमिका निर्वाह गर्नुपर्ने बताए । यसरी रामानन्द सागरको रामायणमा अरुण गोविल राम बने ।