२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक–कियाराको ‘सत्यप्रेम की कथा’ले एकैदिन कमायो १२ करोड



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म ‘सत्यप्रेम की कथा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात आइतबार १२ करोड कमाएको छ । योसँगै फिल्मले पहिलो विकेन्डमा कुल ३८ करोड कमाएको छ ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.२५, शुक्रबार ७ र शनिबार १० करोड कमाएको छ । यस्तै, आइतबार फिल्मले १२ करोड भारु कमाएको हो ।

यसैबीच, कार्तिक र कियाराले मुम्बईको एक थिएटरमा फिल्मको प्रदर्शनको क्रममा अचानक भेट गर्न पुगेका छन् । यहाँ फिल्म हेरेका दर्शकहरूले दुवैलाई उठेर सम्मान दिए । यस क्रममा दुवैले फ्यानसँग सेल्फी समेत खिचे ।

समीर विधानले निर्देशन गरेको फिल्ममा कार्तिक र कियाराका अलावा सुप्रिया पाठक, गजराज राव र शिखा तलसानियाको पनि अभिनय रहेको छ ।