२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गर्नुभएको हो । उहाँले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिनुहुन्छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गर्नुभएका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आउनुभएको छ ।

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गर्नुभएको छ । शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियो ।

शर्माले रासससँग कुरा गर्दै भन्नुभयो, “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।” रासस