२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा थापालाई मुख्यमन्त्री बनाउन देउवाद्वारा लिङ्देनसँग सहयोग माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा कांग्रेस नेतृत्वको सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सहयोग माग्नुभएको छ ।

सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी सभापति देउवाले कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सहयोग माग्नुभएको हो ।

देउवाले लिङ्देनसँग मुख्यमन्त्रीका उम्मेदवार थापालाई सघाउन र विश्वासको मत लिने बेलामा पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। तर राप्रपाले भने अहिलेसम्म ठोस जवाफ दिएको छैन।

राप्रपा अध्यक्ष लिङ्देनले भेटमा सभापति देउवाले कोशी प्रदेश सरकार निमार्णका लागि आफूसँग सहयोग मागेको जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार गठनका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू कुनै निष्कर्षमा पुगिनसेकको लिङ्देनले बताउनुभयो ।

कोशी प्रदेशमा राप्रपाका ६ जना प्रदेशसभा सदस्य रहेका छन् । यसअघि राप्रपा कोशीमा एमाले नेतृत्वको सरकारमा सामेल थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारले गत १४ गते विश्वासको मत नपाएपछि अर्को सरकार बनाउने प्रक्रिया सुरू भएको हो।

स्पष्ट बहुमत दुबैतिरको गठबन्धनसँग नभएपछि सरकार बनाउन नेपाली कांग्रेसलाई सकस परेको छ । राप्रपाले सहयोग गर्‍यो भने थापाको नेतृत्वमा सजिलै प्रदेश सरकार बन्न सक्छ। यद्यपि राप्रपाले कुनै जवाफ दिएको छैन।

सोमबार काठमाडौँमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।




भर्खरै