२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणबादको ज्वलन्त उदाहरण: कमल थापा



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणबादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाईप्रति कटाक्ष गर्दै सामाजिक सन्जाल ट्विटर मार्फत प्रधानमन्त्रीको भनाईले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको भन्दै उनले २०६३ पछिको धरातलिय यथार्थ समेत यहि भएको भन्दै दु: ख ब्यक्त गरेका छन् ।

उनले गरेको ट्विट यस्तो रहेको छ : ‘प्रितम सिंहबारे प्रचण्ड स: मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो’ प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ।तर,दु:ख को कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।