२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई ओलीको निर्देशन– बाढीपहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा
रहन निर्देशन दिएका छन् ।

वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले पार्टीको विपत् व्यवस्थापन विभागलाई सो निर्देशन दिएका हुन ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु । ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

साथै, अध्यक्ष ओलीले बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भनी ध्यानाकर्षण पनि गराएका छन् ।

https://www.facebook.com/UMLprezKPSharmaOli/posts/826957572123279?ref=embed_post