२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३९ दशमलव २६ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा रू तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय नौ दशमलव ७६ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय १० दशमलव ८५ अङ्कले घटेको छ ।

बैंकिङ समूह १० दशमलव ९९, विकास बैंक ६३ दशमलव २९, वित्त समूह २० दशमलव ०४, होटल तथा पर्यटन समूह ८८ दशमलव २८, जलविद्युत् समूह ५६ दशमलव ३६ अङ्कले घटेको छ । त्यस्तै, लगानी एक दशमलव ६०, उत्पादन तथा प्रशोधन एक सय पाँच दशमलव ८०, लघुवित्त ८६, म्युचअल फन्ड शून्य दशमलव ०३, व्यापार समूह ३२ दशमलव १५ र अन्य समूह ३६ दशमलव ६९ अङ्कले घटेको छ ।

आज सिटी होटल लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मोदी इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू १६ करोड ४९ लाख १२ हजार पाँच सय ९६ बराबरको दुई लाख ७६ हजार तीन सय २० कित्ता शेयर किनबेच भएको छ । रासस




भर्खरै