२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रिय सभामा अवरोध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको छ।

प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।

एमालेकी सांसद विमला घिमिरेले ‘प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ?’ भन्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताईन।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेकोले संवाद र छलफलबाट समस्याको समाधान गर्न आग्रह गरे।