२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ ।

बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत(नुवाकोट)ले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कावा सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट(बैतडी), जिल्ला सचिव बालदीप कँडेल(सुर्खेत), अजय लुइटेल (ओखलढुङ्गा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधि मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर)ले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । रासस