२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार यसरी गर्नुहोस् ‘सूर्य देव’को पूजा, तपाईको मनकामना पूरा हुनेछ



अ+ अ-

काठमाडौँ । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ । हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ । ‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने जनविश्वास रही आएको छ ।

आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ । सूर्यदेवको पूजा–आराधना गरी विभिन्न फल प्राप्त गर्न सकिन्छ ।

सूर्य देवको मन्त्र यस प्रकार रहेको छः
१. पुत्र प्राप्तिको लागिः ऊँ भास्कराय पुत्रं देहि महातेजसे । धीमहि तन्नः सूर्य प्रचोदयात्।।

२. हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागिः ऊँ हृां हृीं सः सूर्याय नमः।।

३. व्यवसाय वृद्धि एवं सफलताका लागिः ऊँ घृणिः सूर्य आदिव्योम।।

४. शत्रुलाइ परास्त गर्नः शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः

५. सबै मनोकामना पुरा गर्नका लागिः ऊँ हृां हृीं सः

६. सबै अनिष्ट ग्रहदशा निवारण गर्नः ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः

यति मन्त्रलाई भगवान सूर्यको आराधना गरे फल मिल्ने धार्मिक विश्वास रहेको छ ।

धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनुपर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका वरदान दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनुपर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ ।

सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछः

ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

 




भर्खरै