२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका माओवादी सांसद मगरले भने – राजीनामा दिने मनसाय बनाइसकेँ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका नेकपा (माओवादी केन्द)का सासंद नारायण बुर्जा मगरले राजीनामा दिने मनसायमा पुगेको बताएका छन् ।

दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने मनसायमा पुगेको जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै सांसद मगरले पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको र कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको उल्लेख गरेका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी असन्तुष्ट बनेका हुन् ।

मंसिरमा भएको निर्वाचनमा उनी उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट निर्वाचित माओवादी सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि मगर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।