२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्छी धुर्बे, राजु मास्टरलगायत कलाकारविरुद्ध मुद्दा दर्ता, एक वर्ष कैदको मागदाबी



अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सट्टेबाजी गर्ने वेबसाइट तथा एप्लिकेसन वानएक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेललगायतविरुद्ध मुद्धा दर्ता गरेको छ ।

कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा(जिडी), बेगम नेपाली (भटभटे माइला), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा, पिके भाइन्स (पवन खतिवडा) विरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दा ४० लाखसम्म लिएको बताइएको छ । उनीहरुविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो ।

प्रहरीले एक जना युट्युबरलाई पनि फरार प्रतिवादी बनाएको छ। मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

त्यस्तै, कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई भने सट्टेबाजी गराएको आरोपमा प्रमुख अभियुक्तको रूपमा पेश गरिएको छ । उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरिएको छ ।