२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य छैन– गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन् ।

आन्तरिक रूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ आउनुपर्ने बताउदै उनले भने, ‘प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालाई पनि स्पष्ट पार्नुपर्छ ।’

चन्द्र सूर्यको लागि प्रधानमन्त्रीको मौनता स्वीकार्य नभएको भन्दै बास्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’