२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन: योगेश भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिब योगेश भट्टराईले प्रधानमन्त्रीको पारिवारिक पीडाका कुरा आफूहरु संबेदशिल भएपनि भावनात्मक पक्षलाइए अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिईरहदा नेता भट्टराईले सामाजिक संञ्जालमा लेख्नु भएको छ हामीले वहाँको पारिवारिक पडाीमा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।

उहाँले लेख्नु भएको छ-

छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा सवेदनशिल छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन वहाँलाई साथ दिन तयार छ । तर प्रधानमन्त्रिका रुपमा वहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चै छैन है । हेक्का रहोस् । हामीले वहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।