२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी ९चितवन० लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा आज मनोनयन गर्नु भएको हो । अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत हुनुहुन्छ । यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही दिन अगाडि सबै प्रदेशमा शीर्ष नेतालाई संयोजकको जिम्मेवारी दिएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको कार्ययोजना कार्यान्वयन गर्न सबै प्रदेशमा प्रदेश संयोजक खटाएको हो । उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेस प्रदेश संयोजक, विक्रम पाण्डेलाई बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेश संयोजक, रविन्द्र मिश्रलाई लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्य सम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ । रासस




भर्खरै