२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्क्रब टाइफस’बाट रोल्पाका वडाध्यक्ष पुनको मृत्यु



अ+ अ-

दाङ। रोल्पाको रून्टीगढी गाउँपालिकाका वडाध्यक्षको ‘स्क्रब टाइफस’ संक्रमणबाट मृत्यु भएको छ।

रून्टीगढी गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष टंकबहादुर पुनको उपचारका क्रममा बुधबार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

पुन असार २५ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्यमा सहज भएपछि प्रतिष्ठानले उनलाई घर पठाएको थियो। तर,फेरी गाह्रो भएपछि पुन २६ गते अस्पताल भर्ना भएका थिए। पछि स्वास्थ्यमा गम्भिर देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिष्ठान प्रशासनले’ स्क्रब टाइफस’का कारण वडाध्यक्षको मृत्यु भएको पुष्टि गरेको छ। पुन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।