२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दी लगाएर टिकटक बनाउने २०८ प्रहरी कारबाहीमा



अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने प्रहरीलाई कारबाही गरेको छ ।

प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ जना प्रहरीलाई कारबाही गरेको हो।

२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर टिकटक हाल्ने २०८ जना प्रहरीलाई कारबाही गरिएको डिआइजी कुबेर कडायतले जानकारी दिए।

२०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको डिआइजी कडायतले जनाए।

यसअघि प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।