२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामायणमा आधारित रहेर हेर्न लायक फिल्म बनाउँछु – नितेश तिवारी



अ+ अ-

एजेन्सी । निर्देशक नितेश तिवारीले हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म बनाउन लागेका छन् । फिल्म ‘आदिपुरुष’को विवादपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशकले अब रामायणमा बन्ने आफ्नो फिल्मबाट कसैको धार्मिक भावनामा चोट नपुग्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले फिल्मका लागि रणवीर कपूर र आलिया भट्टलाई राम–सिताको मुख्य भूमिकामा छनोट गरेका छन् । तर, निर्देशकले आधिकारिक घोषणा भने गरेका छैनन् ।

जूम इन्टरटेनमेन्टसँग कुरा गर्दै निर्देशकले ओम राउतको फिल्म ‘आदिपुरुष’को विवादपछि पनि रामायणमा फिल्म बनाउने निर्णय किन स्थगित नगरेकोबारे बताए । यससँगै निर्देशकले यस फिल्ममा रणवीर–आलियालाई राम–सिताको भूमिकामा कास्ट गर्ने कुरा पनि गरेका छन् ।

निर्देशकले रावणको भूमिकामा केजीएफ अभिनेता यश उर्फ ​​नवीन कुमार गौडालाई छनोट गरेका थिए । तर, यशले नकारात्मक भूमिका गर्न अस्वीकार गरे । यसअघि रावणको भूमिकामा ऋतिक रोशनलाई कास्ट गर्ने कुरा पनि चर्चामा आएको थियो तर परियोजनामा ​​ढिलाइ भएपछि ऋतिक रोशनले पनि यो भूमिकाका लागि अस्वीकार गरेका थिए ।