२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?



अ+ अ-

काठमाडौं । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् ।

देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण असफलजस्तै देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनैबेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो भाइबर र वाट्सयापमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ कार्यकारी निर्देशन शाक्यले राजधानीसँग भने ।

अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो समस्या आउँदा पनि सो लाइनले ओगटेको ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने गरेको प्राधिकरणको दाबी छ ।

यतिबेला हुरी–बतास, चट्याङ र असिनापानी पर्ने मौसम हो । प्रसारण लाइनको एउटा बाटोमा अवरोध हुँदा सीमित वैकल्पिक बाटोको प्रयोग गरेर विद्युत् आपूर्ति गर्नुपर्छ । एउटा लाइनको विद्युत् अर्को लाइनबाट पठाउन समय लाग्ने हुँदा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरण बताउँछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।