२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने



अ+ अ-

काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख र्यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।