२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपालले जित्यो उपाधि



अ+ अ-

काठमाडौँ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल श्रृंखलाको उपाधि जितेको छ ।

आज आइतबार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

यसअघि गएको बिहीबार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले गत वर्ष काठमाडौँमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारको बदला लिएको छ । त्यसताका नेपाल फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।