२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मोदी र काठमाडौँ महानगर प्रमुख बालेनबीच भेट



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह बीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटमा मन्त्रालय र काठमाडौँ महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको बताइएको छ।

सो अवसरमा काठमाडौँ महानगर प्रमुख शाहले काठमाडौँ महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानूनका सन्दर्भमा चासो राख्नुभएको थियो ।

उहाँले मन्त्री मोदीसँग काठमाडौँ महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।

मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने भन्दै फोहोरमैला व्यवस्थापनसम्बन्धी कानून निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरलाई आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो ।




भर्खरै