२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताधारी दलले देश लुटिरहँदा हामी चुप लागेर बस्नु हुँदैन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाउँदै एमाले चुप लागेर बस्न नहुने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने बताउनुभएको हो ।

“सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो ।

सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।