२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्तिको लोभमा श्रीमतीको हत्या



अ+ अ-

बारा । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भए पनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भए पनि घटनाका बारेमा सत्यतथ्य छानविन भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो ।

हत्या गर्ने अमिनुल्लालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आसमिन खातुनका दुई छोरा र एक छोरी रहेका छन् । रासस