२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो चिया फेरि तताएर पिउनु राम्रो होइन !



अ+ अ-

एजेन्सी । चिया जुन केही मानिसका लागि ‘एनर्जी ड्रिङ्क’भन्दा कम हुँदैन । ओछ्यानमा बसेरै चिया पिउने हो भने दिनको सुरुवात राम्रो हुने मानिन्छ ।

घरमा पाहुना आउनेबित्तिकै सोध्ने गरिन्छ चिया पिउनुहुन्छ रु यात्रामा निस्किने बित्तिकै राम्रो चियाको खोजी सुरु हुन्छ । कार्यालयमा कामबाट विश्राम लिने यो एक मात्र बहाना हो ।

यति मात्र होइन, केही मानिसहरु उपवासको समयमा भोक र ऊर्जाका लागि चियामा मा निर्भर हुन्छन् । विभिन्न बहाना बनाएर चियाको चुस्की लिन्छौं । तपाई जसलाई उर्जाको स्रोत मान्नुहुन्छ, के यसले शक्ति दिन्छ त ?

होइन तपाईं बिल्कुल गलत हुनुहुन्छ । अमेरिकाको ब्राउन युनिभर्सिटीका शोधकर्ताहरूले यो अध्ययन गरेका हुन् । जसमा दूधसँगको प्रत्येक कप चियामा ४० मिलीग्राम क्याफिन रहेको बताइएको छ ।

धेरै चिया पिउनाले तपाईंलाई क्याफिनको लत लगाउन सक्छ । जसका कारण कुनै पनि काममा ध्यान दिन गाह्रो हुन्छ । यो अमेरिकामा गरिएको अनौठो अनुसन्धान होइन । हाम्रा पुर्खाहरू र तपाईं र हाम्रा डाक्टरहरूले सधैं यसो भनिरहेका हुन्छन् ।

यसलाई एक प्रकारको नशा पनि मानिन्छ । यसका बाबजुद पनि मानिसहरु यसलाई पिउने र बिस्तारै आफ्नो स्वास्थ्यमा हानि पुर्याइरहेका छन् । धेरै पटक उमालेपछि चियामा क्यान्सर ब्याक्टेरिया बन्न थाल्छ । यस्तो अवस्थामा यस्तो चिया पिउनाले क्यान्सरको खतरा बढ्छ ।

त्यसैगरी, चियालाई फेरि तताउँदा ट्यानिन निस्कन्छ, जसका कारण यसको स्वाद पनि तितो हुन्छ । त्यसैले ध्यान राख्नुहोस् कि चिया बनाएपछि १५ मिनेट भित्र तताएर मात्र पिउनुहोस् । तर यो तब मात्र गर्नुहोस् जब तपाईंसँग ताजा चिया बनाउने विकल्प छैन ।




भर्खरै