२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्दा यो दिशामा पार्नुस् सिरानी, धन र विद्याको लाभ मिल्नेछ



अ+ अ-

काठमाडौँ । हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुपर्ने हुन्छ । कुन दिशामा सिरानी राखेर सुत्दा कस्तो लाभ हुन्छ भन्ने कुरा हिन्दु धर्म शास्त्रमा उल्लेख भएको पाइन्छ ।

वास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ ।

पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ । उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ ।

यसैगरी, दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ ।




भर्खरै