२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारकै महँगो आँप



अ+ अ-

एजेन्सी । संसारमा आँपका धेरै प्रजाति छन् । आँपलाई राजकीय फलको दर्जा पनि दिइन्छ । विश्वका विभिन्न देशका आँपको पनि आ–आफ्नै विशेषता छन् । यसैबीच यस्तो आँपको बारेमा चर्चा गरौं जसको मूल्यले तपाईलाई अचम्मित पार्नेछ । उक्त आँप जापानमा पाइन्छ ।

जापानमा पाइने विश्वको सबैभन्दा महँगो आँपको नाम तइयो नो तमांगो हो । यो जापानको मियाजाकीमा पाइन्छ । आम मानिसले यो आँप किन्ने सपना पनि देख्न सक्दैनन् ।

यो आँप सामान्यतया जापानको क्युशु प्रिफेक्चरको मियाजाकी सहरमा उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा यो आँपको मूल्य प्रतिकिलो रु ४.३२ लाख रहेको छ । यो आँप खाँदा मिठासका अलावा नरिवल र भुइँकटहरको पनि हल्का स्वाद हुन्छ ।

यो आँप विशेष तरिकाले तयार गरिन्छ । आँपको रुखमा फल आएपछि प्रत्येक फललाई जालीको कपडामा बाँधिन्छ । जसका कारण आँपको रंग फरक हुन्छ । बैजनी रंगको यो आँप हेर्नमा पनि निकै सुन्दर देखिन्छ ।

जापानमा तइयो नो तमांगो आँपको खेती ७० र ८० को दशकमा सुरु भएको थियो । संसारकै महँगो मानिने यो आँप लामो समयसम्म तातो मौसम, घाम र पानी परेपछि पाक्छ ।




भर्खरै