२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिरञ्जीवीले ‘भोला शंकर’का लागि एक रुपैयाँ पनि लिएनन् !



अ+ अ-

एजेन्सी । टलिउडमा मेगास्टार भनेर चिनिएका चिरञ्जीवी आजकल आफ्नो आगामी फिल्म भोला शंकरका लागि चर्चामा छन् । यो मास इन्टरटेनर फिल्ममा उनी फेरि एकपटक उत्कृष्ट एक्सन गर्दै देखिनेछन् । यसैबीच, फिल्मको बारेमा ठूलो जानकारी बाहिर आएको छ ।

जानकारीका अनुसार अभिनेताले यो फिल्मका लागि पारिश्रमिक एक रुपैयाँ पनि नलिने बताइएको छ । पर्दामा आफ्नो दमदार उपस्थिति र लार्जर द लाइफ प्रदर्शनका लागि चिनिएका चिरञ्जीवी हरेक फिल्मका लागि आफ्नो पारिश्रमिकका कारण चर्चामा रहे पनि यस फिल्मका लागि उनले शुल्क नलिने निर्णय गरेका छन् ।

रिपोर्टका अनुसार यदि फिल्म बक्स अफिसमा सफल साबित भयो भने चिरञ्जीवीले निश्चित पारिश्रमिकको सट्टा फिल्मको मुनाफामा हिस्सा लिनेछन् । चिरञ्जीवीको हालै आएका फिल्म ‘गडफादर’ र ‘वाल्टेयर वीरैया’ पछि यो निर्णय गरिएको हो । ‘भोला शंकर’लाई लिएर निकै चर्चा चलेको छ । यसका थिएटर अधिकारहरू महँगो मूल्यमा बेचिएको बताइएको छ ।

निर्माताहरूले फिल्मको डिजिटल अधिकार ओटीटी प्लेटफर्महरूमा बेच्न नदिने निर्णय पनि गरेका छन्, जसले ‘भोला शंकर’ सिनेमाघरहरूमा ठूलो दर्शकलाई आकर्षित गर्ने क्षमता छ भन्ने विश्वासलाई अझ बलियो बनाउँछ ।

मेहर रमेश द्वारा निर्देशित, ‘भोला शंकर’ तमिल सुपरहिट ‘वेदालम’को रिमेक हो । यद्यपि, निर्देशकले चिरञ्जीवीको छवि र शैली अनुरूप महत्त्वपूर्ण परिवर्तनहरू गरेका छन् । हालै यसको ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । यस ट्रेलरमा सुपरस्टारले निकै एक्सन गरेको देखिएको छ । यो हेरेपछि दर्शकमा फिल्मलाई लिएर उत्सुकता बढेको छ । फिल्ममा चिरञ्जीवीसँगै तमन्ना भाटिया, कीर्ति सुरेश र सुशान्त पनि महत्वपूर्ण भूमिकामा छन् ।