२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डमा राम्रो अनुसन्धान भएन भने गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्छ: नेता पौडेल



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा राम्रोसँग अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पौडेलले भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनुभयाे  ।

आइतबार बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुन बरामद प्रकरणमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्ने धारणा राख्नुभयो । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको उहाँले बताउनुभयो ।

सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उहाँको भनाइ थियो । नेता पौडेलले घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृतलगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उहाँको भनाइ थियो ।

पूँजीगत खर्चभन्दा चालु खर्च ४ गुणा बढी भएको उल्लेख गर्दै उहाँले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । पछिल्लो १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको उहाँले बताउनुभयो ।

नेता पौडेलले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको भन्दै यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिनुभयो ।

पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभले अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।