२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित



फाईल फोटो
अ+ अ-

हेटौँडा । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु सङ्क्रमित भएका छन् ।

निर्देशनालयका अधिकृत डा सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा छ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् ।

सिन्धुलीमा छ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौँमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिनुभयो ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् ।

प्रदेशमा पहिलो पटक विसं २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो ।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताउनुभयो । रोग नियन्त्रणका लागि प्रदेशभरीका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँको अनुसार एक लाख १५ हजार छ सय ९७ गाई र पाँच हजार एक सय आठ भैँसीलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ । रासस