२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से २६ दशमलव १४ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ ।

विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय १० दशमलव ३७ अङ्क र जीवन बीमा समूह एक सय ८८ दशमलव १८ अङ्कले घटेको छ ।

आज बैंकिङ सात दशमलव ९८, विकास बैंक ५९ दशमलव १६, वित्त ४३ दशमलव ६५, होटल तथा पर्यटन एक सय २० दशमलव ८२ र जलविद्युत् ३३ दशमलव ६५ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन ३२ दशमलव ७९, लघुवित्त ६५ दशमलव ३५, व्यापार ६० दशमलव ०९ र अन्य समूह २८ दशमलव ५१ अङ्कले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता तीन दशमलव ५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ७८ लाख ७४ हजार तीन सय ४९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार सात सय ७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।रासस




भर्खरै