२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको दाबी– सुनकाण्डमा माओवादी नेताहरुको संलग्नता छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको संलग्नता देखिएको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जान नसक्ने बताउदै उनले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो ? यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ?’

गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न खोजिएको ओलीको आरोप छ । ‘गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको ? यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, उनले भने ।