२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ: अध्यक्ष थापा



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको बताउनुभएको हो । उहाँले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको बताउनु भयो ।

अध्यक्ष थापाले नेताहरुले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताउनु भयो । उहाँले नेताहरुले भ्रष्टाचारको नयाँ–नयाँ फाइलहरु खोल्ने भनेपनि विश्वास गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबैभन्दा दुर्भाग्यको कुरा यहाँ भ्रष्टाचार भयो भन्ने मात्र होइन, भ्रष्टाचार आफैँमा महारोग हो । त्यो भन्दापनि सबैभन्दा चिन्ता लाग्ने कुरा के हो भने यि सबै प्रकारका भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको छ । राजनीतिक दल र दलका नेताहरु संलग्न रहेका छन् । स्वयं देशको गृहमन्त्री, गृह मन्त्रालय, जसले शान्ति, सुरक्षा दिनुपर्छ । अपराध नियन्त्रण गर्नुपर्छ । अपराधीलाई कारबाही गर्नुपर्छ । त्यही गृह मन्त्रालय र गृह मन्त्रालय सञ्चालन गर्ने मन्त्री, प्रधानमन्त्री यि भ्रष्टाचारका काण्डहरुमा संलग्न भएका छन् । तर कारबाही हुँदैन । केही कारबाहीका नाटकहरु गरिन्छन् । तर मुल जरोसम्म पुग्ने प्रयास हुँदैन ।

यही सुन तस्करीलाई हेर्नुस्, एयरपोर्टबाट विदेशमा रगत, पसिना बगाएर घर फर्कंदाखेरी एउटा मोवाइल, एक तोला सुन ल्याउँदाखेरी पक्राउ गर्नसक्ने राज्य संयन्त्रले एक क्विन्टल सुन तस्करी हुँदाखेरी देख्दैनँ । कतिसम्म अपराधि छन् राज्य संयन्त्र भने त्यो मुल जरोसम्म पुग्ला भन्ने डरले यि नेताहरुको मुखुण्डो उघारिएला भन्ने डरले तस्करी गरिएको सुन बोकेर हिडिएको ट्याक्सीलाई सम्बन्धित ठाउँमा पुग्नुभन्दा अगाडी नै बाटोमा समात्छ ।

किनभने सम्बन्धित ठाउँमा पुग्यो भने त मुखुण्डो उघारिने भो । अपराधी को रहेछ भन्ने थाहा हुने भो । भरियाहरुलाई समातेर हामीले ठूलो–ठूलो कारबाही गरेका छौँ, नयाँ–नयाँ फाइलहरु खुल्छन् भन्ने दम्भ गरिराखेका छन् नेताहरु । तर म यहाँहरुलाई निवेदन गर्न चाहन्छु, के यिनीहरुबाट कारबाही हुन्छ भन्ने विश्वास गर्न सकिन्न । किनभने यिनीहरु आफैँ संलग्न छन् ।’

अध्यक्ष थापाले पार्टीभित्र देखिएको विसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने प्रयास असफल भएपछि आफूले राप्रपा छोडेको बताउनु भयो । उहाँले आफ्ना मान्यताहरुमाथि आक्रमण भइरहँदाखेरी मुकदर्शक भएर बस्नुहुन्न भन्ने अठोटका अलग्गिएको बताउनु भयो । उहाँले गिताप्रतिको आफ्नो निष्ठाका कारण राप्रपा नफुटाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पार्टीभित्र देखिएको केही बिसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने हाम्रो प्रयास असफल भएपछि आफुले ३० वर्ष काम गरेको, झन्डै १५, १६ वर्ष त नेतृत्व गरेको, रगत, पसिना गरेर खडा गरेको पार्टीबाट मैले भारी मनले अलग हुनुपर्‍यो । भित्र बसेर आफ्ना मान्यताहरु स्थापित गर्न खोज्दाखेरी असफल भएपछि निरिह भएर, लाचार भएर आफ्ना मान्यताहरुमाथि आक्रमण भइरहँदाखेरी मुकदर्शक भएर बस्नुहुन्न भन्ने अठोटका साथ म अलग भएको हुँ । गिताप्रतिको मेरो निष्ठका कारण मैले पार्टी फुटाइनँ । महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका मेरो प्यानलबाट जितेका १०६ जना थिए । मेरै सहोदर भतिजा र छोरीपनि महाधिवेशनबाट निर्वाचित भएका थिए । मैले उनिहरुलाई पनि भनिनँ । म एक्लै अगाडी बढेँ ।’

उहाँले सरकार सर्वसत्तावादी ढंगले सञ्चालन भइरहेको बताउनु भयो ।




भर्खरै