२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: भागबन्डामा सहमति, सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिलामन्त्री



अ+ अ-

विराटनगर । कोशी प्रदेशमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सत्तागठबन्धनबीचमा सहमति भएको छ । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटबारे सहमति हुननसक्दा बुधबार बिहान साढे १० बजे रोकिएको शपथ ग्रहण कार्यक्रम बेलुका ५ बजे हुने तय भएको छ ।

सत्ता गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) लाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुनुनहुने भएको छ ।

माओवादी केन्द्र गौतमको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ । सहमतिभए सँगै आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्नु हुनेछ । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।