२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित कला निर्देशक नितिन देसाईले आफ्नै स्टुडियोमा झुण्डिएर आत्महत्या गरे



अ+ अ-

एजेन्सी । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । उनका म्यानेजरकाका अनुसार मुम्बई नजिकैको कर्जतमा रहेको एनडी स्टुडियोमा बिहान ३:३० बजे झुण्डिएको अवस्थामा देसाई मृत फेला परेका थिए । उनको उमेर ५८ वर्ष थियो । उनी आफ्नो अधिकांश समय यही स्टुडियोमा बिताउने गर्थे ।

प्रहरी स्रोतका अनुसार मंगलबार राति १० बजे देसाई आफ्नो कोठामा गएका थिए । आज बिहान धेरै बेरसम्म बाहिर नआएपछि उनका अंगरक्षक र अन्यले ढोका ढकढकाएका थिए । झ्यालबाट हेर्दा देसाईको शव छतको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । यस घटनामा प्रहरीले हालसम्म १० जनाको बयान लिइसकेको छ ।

आत्महत्याका दुईवटा कारण बताइएको छ । एउटा आर्थिक संकट, अर्को चिकित्सा समस्या । यद्यपि यो कुराको पुष्टि भने भएको छैन । महाराष्ट्रका विधायक महेश बालदीले उनी आर्थिक संकटसँग जुधिरहेको बताए । उनले आत्महत्याको कारण यही हुन सक्ने बताए ।

नितिनले सन् १९८७ मा टिभी शो ‘तमस’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनी एउटै सेटमा १३ दिन १३ रात बसे । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘त्यतिबेला उनी १५ मिनेट नुहाउन गएका थिए जसलाई उनले १५ मिनेट खेर गइरहेको महशुस गरेका थिए । उनको कामप्रति कति लगाव थियो भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ ।

नितिनले फिल्म ‘हम दिल दे चुके सनम’, ‘लगान’, ‘देवदास’, ‘जोधा अकबर’ र ‘प्रेम रतन धन पायो’का लागि सेट डिजाइन गरेका थिए । उनले चार पटक उत्कृष्ट कला निर्देशनको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे । उनले पछिल्लो पटक ‘पानीपत’ फिल्ममा काम गरेका थिए ।




भर्खरै