२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले नै बोकेर हिडेपछी…



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उहाँले सो मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गर्नुभयो । उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरुले गरेको मिटिङको माईन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपकुलपति बास्कोटाले भन्नुभयो, ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्‍यो, तलव बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडि दे । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने । यो माननीयहरुले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरुको माईनुट लुटेर लगेकै हो ।’

‘लुटेर लगेको डकुमेन्ट किन बुझ्नु भयो । अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ । अब हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ । यी समस्याहरु छन् थुप्रै । हामीहरुकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन । यो तीन वटा मात्रै हो । तर विद्यार्थीको २२ वटा दर्ता भएका छन । जति राजनीतिक दल, त्यतिनै छन् । कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन । तर ब्यानर लिएर आउँछन् । हाम्रो भाग चाहियो भनेर । यो हामीले बसालेको थिति हो । हामीले गम्भिर भएर एनलाईसिस गरौं । हामीले नै हटाउने हो । यो भिसी एक्लैले चाहेर हटदैन माननीयज्युहरु । मैले यो जानकारी गराए ।’

उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यक्ताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताउनु भयो ।




सम्बन्धित समाचार
भर्खरै