२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हितको लागि सरकारसँग मिलेर जान तयार छौँ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको लागि आफ्नो पार्टी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालको परराष्ट्र नीति सम्बन्धी अन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितमा जुनसुकै दलले ल्याएका कुराहरूमा पनि एमालेको समर्थन रहने बताएका हुन् ।

ओलीले सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय तथा सन्धि सम्झौता गर्ने विषयलाई भने आफूहरुको समर्थन नरहने बताए ।

सरकारले छिमेकी देशहरूसँग गर्ने सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भएपनि त्यो परम्परा नभएको उल्लेख गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि सम्झौता भएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले इपीजी प्रतिवेदन, सीमाक्षेत्रका विषयमा कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाए ।