२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा फेरि हिंसा, बाबु-छोरासहित तीन जनाको हत्या



अ+ अ-

एजेन्सी। मणिपुरमा फेरि हिंसा सुरु भएको छ । आज बिहान मणिपुरको विष्णुपुर जिल्लामा भएको ताजा हिंसामा बाबु-छोरासहित तीन जना गाउँलेको हत्या गरिएको मिडिया स्रोतले जनाएको छ। मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।

संदिग्ध आतंककारीहरूले बिहान २ बजे विष्णुपुरको क्वाक्टा नजिकै उखा टम्पक गाउँमा आक्रमण गरे र अन्धाधुन्ध गोली चलाएका प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आक्रमणकारीहरूले सुतिरहेको अवस्थामा तीनै जनाको गोली हानी पछि तरवारले काटेर विभत्स तरिकाले हत्या गरेका थिए । आक्रमणकारीहरु शनिबार बिहानै चुराचन्दपुरबाट आएको बताईएको छ ।

मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।