२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका मतदाताको नामावली सङ्कलन गर्न तयारी सुरु



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।

आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन तयारी नपुग्दा विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलनमा समय लाग्ने छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “कार्यविधि बन्दै छ। परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली सङ्कलनको रूपरेखा तयार हुनेछ।”

नामावली सङ्कलन शाखाका अनुसार कार्यविधिले नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन, नामावली सङ्कलन गर्ने स्थल, नामावली स्वीकृतिको प्रक्रियालगायतका विषय टुङ्गो लगाउनेछ। आयोगले सम्बन्धित राष्ट्रको कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने गरी जनशक्ति र बजेट व्यवस्थापन गर्न अर्थ र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै छ। उनले भने, “अर्थ र परराष्ट्र मन्त्रालयसँग अनौपचारिक छलफल भएको छ। कार्यविधि बन्दै गर्दा थप गृहकार्य गरेर दुवै मन्त्रालयसँग समन्वय गरिने छ।”

आयोगले यसप्रकारको आन्तरिक तयारी गरिरहँदा नेपाल सरकारसमक्ष सैद्धान्तिक सहमतिका लागि प्रस्तावसमेत बुझाएको छैन। आयोगका प्रवक्ता पौडेलले छिट्टै सैद्धान्तिक सहमतिका लागि सरकारसमक्ष प्रस्ताव पठाउने जानकारी दिए । आयोगले थप कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सहमति हुने वा नहुने शङ्काका कारण तयारीलाई गति दिन सकेको छैन। यो समाचार गोरखापत्र दैनिकमा छ ।




भर्खरै