२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ



symbolic picture
अ+ अ-

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङ रहेका छन् । उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित खड्काको घरबाट पेस्तोल चोरी गरेको आरोप छ ।

उनीहरुलाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।