२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्नै नदिएको भन्दै नेकपा एसद्वारा एमालेको आलोचना



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आईतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन । उनीहरुले संसद बैठकनै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए ।

संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनु भयो । संसद बैठकनै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरुले राखेको उहाँले बताउनु भयो ।

उपमहासचिव तुलाधरले भन्नु भयो, ‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसावले विषयबस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन । त्यसैले संसदको गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको विजनेश भनेको पनि असाध्य महत्वपूर्ण कुरा हुन्छ । अव त्यो चाँही प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाँही बठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन ।’

हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भईरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अव भदौं पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रिय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ ।