२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ ।

राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो ।

म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति प्राप्त भएको छ । “आज म्याद मिलान गरी आजै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउने छ”, प्रवक्ता कडायतले भन्नुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक ९एसपी० सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आजदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सिआइबीले लिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । रासस