२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीको छानबिन चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसक्यो– एमाले



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरे ।

उनले सुन तस्करीको छानबिन चाहिन्छ/चाहिन्न भन्ने बारे ह्वीप नलगाइ भोटिङ गर्न आग्रह गर्दै भने ‘सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिन्छ’।

भट्टराईले सार्वजनिक लेखा समितिले पनि छानबिन समिति गठन गर्न ध्यानाकर्षण गरिसकेको स्मरण गराउदै भने , ‘हाम्रो पार्टीले संसदमा कुरा उठायो । त्यसमा प्रतिपक्ष दलका सबै दलहरू रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । राप्रपाका माननीयहरूले ध्यानाकर्षण जनाइराख्नुभएको छ । सत्तापक्षकै सांसदहरूले पनि संसद र बाहिर बोलिरहेकाले छानबिन समिति चाहिन्छ भनेर राष्ट्रिय सहमति बनिसकेको छ ।’