२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि घट्दो क्रममा सुनको मूल्य, आज सात सयले घट्यो



अ+ अ-

काठमाडौँ । सोमबारदेखि लगातार घटेको सुनको मूल्य आज चौथो दिन पनि घटेको छ । सोमबार एक सय रुपैयाँ, मंगलबार तीन सय रुपैयाँ र बुधबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज बिहिबार तोलामा सात सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैँयामा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख दश हजार सात सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार चार सय ५० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज बजारमा चाँदीको मूल्य पाि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटि १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।