२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तको ‘जेलर’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर’ आजबाट प्रदर्शनमा आएको छ । भारतलगायत विश्वव्यापी रुपमा रिलिज भएको साउथ ईन्डिन फिल्म ‘जेलर’ नेपालमा पनि बिहीबारबाटै प्रदर्शनमा आएको छ ।

यस फिल्मको अवसरमा चेन्नई र बैंगलोरका अधिकांश कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई बिदा समेत दिएको छ । यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई टिकट समेत निस्शुल्क दिएका छन् ।

दक्षिण भारतमा रजनीकान्तको यतिसम्म क्रेज छ कि फ्यानहरु थलाइवाका फिल्म ‘फस्ट दिन फस्ट शो’ हेर्न चाहन्छन् ।

रजनीकान्तले २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गरेका हुन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिएका छन् । ट्रेलरले रजनीकान्तलाई पहिले कहिल्यै नदेखेको अवतारमा देखाइएको छ र एक्शन-प्याक र सस्पेन्सफुल कथालाई संकेत गरेको छ।

थलाइवाको एक्सन प्याक ‘जेलर’लाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् । फिल्ममा मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया र शिवराज कुमारको पनि भूमिका रहेको छ ।

भोलि शुक्रबार पनि बलिउडका दुई ठूला फिल्म ‘गदर २’ र ‘ओ माइ गड २’ रिलिज हुँदैछन् ।