५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुनिल शर्मा पुरानो उजुरीका आधारमा पक्राउ परेका हुन् : महामन्त्री शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनको निवास गोल्फुटारबाट शर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

शर्माको पक्राउ बारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यूजपोलारसँग भन्नुभयो, उहाँको बारेमा पुरानो उजुरी रहेछ । त्यो छानबिनकै क्रममा रहेको र सोही बिषयमा पक्राउ परेको आफूहरुलाई जानकारी दिइएको छ ।

पछिल्लो सुन प्रकरणका शर्माको अभिव्यक्तिसँग यो पक्राउ प्रकरण कतै जोडिन्छ कि भन्ने प्रश्नमा शर्माले भन्नुभयो, ‘यो बिषयमा अहिलेलाई नो कमेन्ट ।’

गृह मन्त्रालय स्रोतले भने नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि सिआईबीले पक्राउ गरेको बताएको छ । सांसद शर्माको विराटनगरमा नोबेल मेडिकल कलेज रहेको छ ।

सांसद शर्माले पछिल्लो सुन तस्करी प्रकरण बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महत तथा उनीहरुका मातहतका निकायको संलग्नता रहेको अभिव्यक्ति दिँदै आउनु भएको थियो ।

उहाँले संसदमा समेत आफ्ना भनाई राख्दै यो प्रकरणको छानबिनका लागि पदबाट हटाउनु पर्ने माग राख्नु भएको थियो ।