२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस: उपराष्ट्रपति यादव स्वागत समारोहमा



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हास्मीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, उद्योगपति, व्यापारी, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले सन् १९६० मा पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले जलवायुलगायत साझा चासोका विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझेदारी गर्दै आएका बताउनुभयो । आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउँदै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्न पाकिस्तान तत्पर छ भन्नुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का संस्थापक मुलुक नेपाल र पाकिस्तानले शान्ति, समृद्धि र विकासका निम्ति समान दृष्टिकोणका साथ द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका बताउनुभयो । रासस