२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेट गर्नुहुँदै



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाउनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लाग्नु भएको बताइएको छ ।

राष्ट्रपति पौडेलले हिजो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्नुभएको थियो ।

भेटमा संसदमा भएको अवरोधको बारेमा राष्ट्रपतिले चासो राख्नुभएको थियो । एमालेको अवरोधका कारण लामो समयदेखि संसद चलेको छैन ।

गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ । सरकार भने छानबिन समिति नबनाउने अडानमा छ । दुवैको अडानका कारण संसद चल्न सकेको छैन ।