२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अवरोध हामीले गरेको होइन सत्ता पक्ष ले हो: ओ‌ली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध एमालेले नगरेको बताउनुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहँले एमालेले संसद् चलाउन खोजेको दाबी गर्दै सत्ता पक्षले संसद चल्न नदिएको बताउनुभयो ।

“संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो”, उहाँले भन्नुभयो, “अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौँ । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्छन् ।”

एमालेले यही साउन १० गतेदेखि सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध गरिरहेको छ ।

सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको भन्दै उहाँले मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो ।